कोरोना भाइरस लाग्दा यस बाट बच्ने घरेलु उपायहरु
वि.सं.२०७७ भदौ ४ बिहीवार १८:५८
shares

कोभिड १९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ। रोगबाट बच्ने अहिलेसम्मको सबैभन्दा उत्तम उपाय नै शरीरको रोग प्रतिरोधी क्षमता बढाउने नै हो । यतिखेर भारतको आयुर्वेद आयुष मन्त्रालयले कोभिड–१९ का विरुद्ध शरीरको रोग प्रतिरोधी क्षमता इम्युन सिस्टम बढाउनेबारे केही जानकारीहरु प्रकाशमा ल्याएको छ ।
निम्नानुसार छन्
शरीरको प्रतिरक्षा प्रणाली अभिबृद्धि गर्न
दिनभरिमा प्रशस्त मात्रामा तातोपानी पिउने
कम्तिमा योगासन, प्राणयाम र ध्यान गर्ने ।
खानेकुरामा बेसार, जीरा, धनिया र लसुनको प्रयोग गर्ने ।
शरीरको प्रतिरक्षा प्रणाली बढाउन
बिहानको समयमा १० ग्राम च्यवनप्राश खाने
तुल्सी, दालचिनी, कालो मरिच, अदुवा र कालो किसमिसको चियारकाँढा बनाएर दिनको दुई पटक पिउने । त्यसमा सख्खर वा कागती हालेर स्वाद बढाउन सकिन्छ ।
दूधमा बेसार हालेर दिनको एक वा दुई पटक खाने
कोभिड–१९ बाट बच्न गर्न सकिने बचावटका उपायहरु
सामान्य अवस्थामा
बिहान बेलुकाको समयमा नाकमा तीलको तेल वा नरिवलको तेल वा घीउ केही थोपा हाल्ने
१ चम्चा तील वा नरिवलको तेल मुखमा हालेर २, ३ मिनेट सम्म कुल्ला गर्ने, घाँटीमा गारगल गर्ने । त्यसपछि त्यसलाई थुकेर तातोपानीले कुल्ला गर्ने । यो क्रिया दिनको १ वा दुई पटक गर्ने
घाँटी दुखेको वा सुख्खा खोकी लागेको बेलामा
पदिना वा ज्वानो हालेर तातोपानीको वाफ लिने ।
मह वा चीनीमा ल्वाङको धुलो हालेर दिनको २, ३ पटक सेवन गर्ने ।
केही दिनमा खोकी निको भएन भने चिकित्सकको सल्लाह लिने ।
अन्य उपायहरु
कानका लागि
घरको खुल्ला भागमा बस्ने र बाहिर प्रकृतिको आवाजको मज्जा लिने ।
आफूलाई मनपर्ने गीतसंगीतहरु सुन्ने ।
पानी झरेको, चराहरु कराएको आवाजहरु सुन्ने र त्यसबाट आनन्द लिने
प्रेरणादायी कुराहरुको रेकर्ड सुन्ने
आँखाका लागि
राम्रो, मनपर्ने किताबहरु पढ्ने ।
आफूलाई मनपर्ने फिल्महरु हेर्ने ।
कुनै चित्र वा फोटोमा हेरेर मनमा त्यसबारेका सकारात्मक कुराहरु सोच्ने ।
नाकका लागि
सुगन्ध दिने तेलहरु बाल्ने
धूप बाल्ने र त्यसको बास्नामा रमाउने
हातका लागि
हातका कसरतहरु गर्ने ।
निचोर्ने बलहरु खेलाउने
सांगीतिक बाद्यबाजाहरु बजाउने ।
मुखका लागि
आवाज निकालेर गाउने ।
लामो सास लिने र फर्ने ।
चकलेट खाने
इम्युन सिस्टम बलियो बनाउने केही खानेकुराहरु
फलफूल
क्याप्सिकम
ब्रोकाउली
दलहन, गेडागुडी
अदुवा, लसुन
बेसार, जीरा, धनिया, दालचिनी, ज्वानो लगायतका मसलाहरु
काजु, किसमिस, ओखर, पिस्ता लगायतका ड्राइफ्रुटहरु
कोरोना भाइरस निको हुन कति समय लाग्छ
जेम्स ग्यालहर
कोभिड १९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ।
केही मानिसहरू चाँडै नै निको भइहाल्छन् भने अन्यलाई यसले दीर्घकालीन असर छाड्न सक्छ। उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याजस्ता विषय जोखिम तत्व हुन् जसले कोभिड १९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने निर्क्योल गर्छ।
सामान्य लक्षणमात्र देखा परेको खण्डमा के हुन्छ
अधिकांश कोभिड १९ का बिरामीलाई केवल मुख्य लक्षण देखापर्छन् खोकी र ज्वरो। उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ। सुरुमा सुक्खा खोकी र पछि खकार सहितको खोकी लाग्न सक्छ। यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्छ।
यस्ता सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्छन्
ज्वरो एक हप्तामा ठीक हुनसक्छ भने खोकी केही थप समय जारी रहन्छ। चिनियाँ आँकडाका आधारमा विश्व स्वास्थ्य सङ्गठन डब्लु एच ओले औसतमा दुई सातामा बिरामी निको हुने जनाएको छ।
यदि गम्भीर लक्षण भएमा के हुन्छ
कतिपयको निम्ति यो रोग निकै गम्भीर बन्न सक्छ। सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्छ।
यो परिवर्तन निकै तीव्र गतिमा हुनसक्छ। सास फेर्न गार्हो हुन थाल्छ अनि फोक्सो सुन्निन्छ।
यस्तो किन हुन्छ भने शरीरको प्रतिरोध प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँछ जसले गर्दा शरीरमा अन्य जटिलता उत्पन्न हुन्छ।
केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्छ।
एकजना चिकित्सक सेरा जार्भिस भन्छिन्, ूसास फेर्न गार्हो हुने अवस्था निको हुन निकै समय लाग्छ किनकी शरीरमा निकै सुजन भएका हुन्छन्।ू
यसबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्छ। लामो समयसम्म जीउमा थकान रहिरहन्छ।
सघन उपचारको खाँचो परेमा चाहिँ के हुन्छ
डब्लुएचओको अनुमानमा प्रत्येक २० मध्ये एकजनालाई सघन उपचारको खाँचो पर्न सक्छ। त्यसमा भेन्टिलेटरमा राख्नपर्ने बिरामी पनि पर्छन्। सघन उपचार केन्द्र ९आइसीयू० मा राखेपछि निको हुन थप समय लाग्छ। घर पठाउनु अघि सामान्य वार्डमा सारिन्छ।
सघन उपचारमा रहनु परेको बिरामीलाई पूर्णतस् तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्ने इन्टेन्सिभ केअर मेडिसिन विभागकी डिन डा। एलिसन पिटार्डले बताइन्। लामो समय अस्पतालमा बस्दा तौल घट्छ। मानिस कमजोर हुन्छ अनि मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। कतिलाई हिँडडुल गर्न फिजियोथेरापी आवश्यक पर्न सक्छ।
चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव भएको, थोरै हलचल गर्दापनि स्वाँस्वाँ आउने भएको अनि खोकी लागिरहेको उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ।
हामीलाई थाहा छ बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ, कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजियोथेरापिस्ट पाउल टोजले बताए। तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ।
के कोरोनाभाइरसले दीर्घकालीन असर पार्छ
लामो समयसम्मका आँकडाहरू उपलब्ध नभएकाले यसबारे भन्न सकिँदैन। तर मिल्दाजुल्दा अन्य अवस्थासँग दाँज्न भने सकिन्छ। शरीरको प्रतिरोधी प्रणाली अधिक सक्रिय भएर फोक्सोमा खराबी उत्पन्न भएका बिरामीहरूमा स्वासप्रस्वाससम्बन्धी एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रम वा आर्ड्स भन्ने अवस्थाको विकास हुन्छ। त्यस्ता मानिसलाई पाँच वर्षपश्चात् पनि शारीरिक वा मनोवैज्ञानिक कठिनाइ उत्पन्न हुने गरेको आँकडाहरू उपलब्ध छन्,ू टोजले भने।
भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरूलाई निको भएपछि पनि गहिरो मानसिक आघात परेको हुनसक्छ। सामान्य समस्यामात्र बेहोरेका बिरामीलाई पनि लामै समयसम्म थकान भइरहन सक्छ।
कति मानिस निको भइसके
यकिन आँकडा मिल्न गार्हो छ। जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार एप्रिल १५ सम्ममा २० लाख सङ्क्रमितमध्ये करिब पाँच लाख मानिस निको भइसकेका छन्।तर विभिन्न देशहरूले विभिन्न किसिमको रेकर्ड राख्ने प्रणाली अपनाएका हुन्छन्।कतिपयले निको भएका आँकडा प्रकाशित गर्दैनन् अनि कैयन् सामान्य सङ्क्रमणका विवरण उल्लेख गरिँदैनन्।
गणितको प्रयोग गरेर निर्मित मोडेलहरूअनुसार ९९ देखि ९९।५५ मानिस निको हुने अनुमान छ।
के दोहोर्याएर कोभिड
यसबारे पनि चर्चा धेरै तर प्रमाण कम छ। कोही मानिस सङ्क्रमित भए उसको शरीरमा विकास हुने प्रतिरोधी क्षमता कत्तिको दिगो हुन्छ भन्ने यकीन छैन। यदि कसैले सफलतापूर्वक भाइरसलाई हराएको छ भने उसको शरीरमा पक्कै पनि त्यसको प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ।
एउटै बिरामी दोहोर्याएर सङ्क्रमित भएका भन्ने जस्ता विवरणको मूल कारण अघिल्ला परीक्षणमा गल्तीले सङ्क्रमणमुक्त भएको देखिएको हुनसक्छ। प्रतिरोधी क्षमताको विषयले नै कतै मानिस पुनसङ्क्रमित हुनसक्छन् वा यसविरुद्धको खोप कत्तिको प्रभावकारी हुनसक्छ भन्ने निर्क्योल गर्न सघाउनेछ।






























