शुल्क तिर्न विश्वविद्यालयले दिएको अल्टिमेटमप्रति विद्यार्थी संगठनको आपत्ति: तत्काल सच्याउन चेतावनी

10.69K
shares

काठमाडौ । विश्व महामारीको रुपमा फैलिरहेको (कोभिड-१९) नामक नोबेल कोरोना भाइरसले विश्व नै आक्रान्त भएको अवस्था छ। जसले गर्दा सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पनि यसको असर परेको देखिन्छ। यसको बाबजुत पनि आफ्नो सेमेस्टर खेर नजाओस् भन्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयले आन्तरिक मुल्याकन अबलम्बन गर्दै परिक्षा संचालन गरि नतिजा समेत प्रकाशन गरेको अवस्था छ। आफ्नो शैक्षिक गतिविधि लाई निरन्तरता दिन अर्को सेमेस्टर पनि धमाधम संचालन भैरहेको छ। अरु विश्वविद्यलय अन्योलमा भएको यस समयमा उचित निर्णय गरेर सेमेस्टर खेर हुन बाट जोगाउन अन्य विश्वविद्यालय भन्दा फरक रुपमा प्रस्तुत भएको छ।

यस कदमलाई एकदम स्वागत योग्य र प्रशंसायोग्य रुपमा लिएको अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटिका संयोजक सुरेश पाण्डेलेले बताए । तर यस्तो विषम परिस्तिथिमा पनि काठमाडौं विश्वविद्यालयले सेमेस्टर शुल्क तिर्नको लागि दिएको अल्टिमेटम बेलैमा नसचिए ससक्त रुपमा आन्दोलन चर्काउने काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटिका सह -संयोजक जोशन श्रेष्ठले बताएका छन् ।

यो अबस्थामा सबैमा भिन्न भिनै समस्या छन् कति अविभावकको रोजगारी गुमाएको अवस्था छ यस समयमा विश्वविद्यलय अभिभावकत्व गहन गर्ने बेलामा उल्टै यस्तो सूचना प्रकाशन गर्दा थप मानसिक पीडा दिएको आरोप लगाउँछन् अखिल क्रान्तिकारी काठमाडौं विश्वविद्यालय जिल्ला कमिटीका सह – सचिव अभिषेक न्यौपाने। साथै देशका प्रमुख सहर र तराईका धेरै जिल्लामा निषेधाज्ञा छ यस्तो अवस्थामा बैंक पनि नखुलेको अनि जोखिम पनि उच्च हुने अवस्था भएको बेला सेमेस्टर शुल्क तिर्न न सक्ने कुरा विभिन्न विद्यार्थी बाट दिनहुँ आफूलाई गुनासाे आएको विद्यार्थी  नेता  पाण्डेले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083