बुटवलमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु
वि.सं.२०७७ भदौ ८ सोमवार १७:५६
13.73K
shares
shares

काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेको रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो।
पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेको अवस्थामा संक्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको थापाले बताए।
उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये दुईजनाको अन्य स्वास्थ्य समस्या भएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ।
































