झारफुकको बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गर्ने पुजारी पक्राउ
वि.सं.२०७७ भदौ १२ शुक्रवार १७:०६
18.56K
shares
shares

बाँके । बाँकेमा झारफुक गर्ने बहानामा दुई जनालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोप छ ।
उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।
पुजारीले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको खुलेको छ ।






























