सर्वोच्चले थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा

8.28K
shares

सर्वोच्च अदालतले गैर न्यायिक थुनाबाट रिहा गर्न आदेश दिए लगतै नेकपा नेत्री उमा भुजेल रिहा भएकी छन ।

उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यस्तो आदेश दिएको थियो ।

नेतृ भुजेललसँगै सुमनसिहं पौडेल पनि रिहा भएका छन ।

भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो तर रिहा हुनासाथ अदालत परिसरबाटै गिरफ्तार गरेर २ दिन वेपत्ता पारेपछि सप्तरी जिल्लास्थित कन्चनपुर इप्रकामा पु-याईएका उनीहरुलाई भारदहमा प्रहरीमाथि कर्तब्य पालना गर्न अवरोध गरेको झुठो आरोपमा अभद्र व्यवहारको मुद्धा दायर गरेको थियो ।

उनिहरुको रिटमा न्यायधीसहरु दीपककुमार कार्की र हरिकृष्ण कार्कीले फैसला गरेका थिए ।

बन्दीहरुको तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, चिरन्जिवि ढकाल, कान्तिराम ढुंगाना, चुडाबहादुर निरौला, राजु ढुंगाना, सन्तोष कोइराला र पंकजकुमार कर्णले बहस गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083