पुल्चोकमा ट्राफिक प्रहरी घिमिरेमाथि निर्घात कुटपिट (भिडियोसहित)

8.91K
shares

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि निर्घात कुटपिट भएको छ ।

सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा भाइरल भएको भिडियोमा उनलाई दर्जन बढी स्थानीय युवाहरुले कुटपिट गरेका छन् ।

उनलाई मोटरसाइकलबाट थुतेर कुटपिट गरिएको हाे ।

हेलमेट टाउकोमा लगाएकै अवस्थामा उनलाई भुईमा लडाउँदै कुटपिट गरेको भिडियोमा देखिन्छ ।

सो भीडमा एकजना युवाले भने उनलाई जोगाएर भीडबाट पर लैजान खोज्दा फेरि अरु युवाले उनीमाथि कुटपिट गरेका छन् ।

तर ड्युटीमै रहेका उनलाई स्थानीयले भने नराम्रोसँग कुटपिट गरेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ ।

महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।

हाट, खुट्टा, ढाठ र शरीरमा उनलाई चोट लागेको छ । उनी चढेको मोटरसाइकल स्थानीय युवाहरुले जलाई दिएका छन् ।

बा २ ब ७२४२ नम्बरको उनको मोटरसाइकलमा आन्दोलनकारीले जलाएपछि प्रहरीले पानी हालेर निभाएको थियो ।

https://www.facebook.com/100009425521273/videos/2787835808207243/?extid=zDWNUGQE8iT3teIK