घाँस काट्न गएकी युवती उखुबारिमा मृत फेला
वि.सं.२०७७ असोज १७ शनिवार ०७:१७
14.61K
shares
shares

रौतहटको वृन्दावन नगरपालिका वडानम्बर ४ हरैया पल्टुवमा घाँस काट्न गएकी १६ बर्षिय युवती मृत अवस्थामा फेला परेकी छन।
रौतहट जिल्लाको गढ़िमाई नगरपालिकाको वडा न १ बस्ने स्थानीय सिताराम साहको छोरी अन्दाजी १६ बर्षिय युवती हाल वृन्दावन नगरपालिकाको वडा ४ हरैया पल्टूवा मामाघर बस्दै आएकी संझा साह कानुको हत्या गरिएको हुनसक्ने जिल्ल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
शुक्रबार बिहान १० बजेतिर घाँस काट्न गएकी संझा बेलुका अबेरसम्म घर नफर्के पछि खोजतलास गर्दा उनको शव नजिकैको उखुबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
युवतीलाई बलात्कार गरि हत्या गरिएको हुन् सक्ने प्रहरीले आशंका गरेको छ।






























