संयोजक महरले गृह जिल्ला बझाङमा सक्रिय नेता पाखा लगाउदै ज्वाइँ देखी साली राखेर संगठन बिस्तार

12.14K
shares

बझाङ । अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियु बझाङमा संगठन एकता बिधान बिपरित भएको भन्दै व्यापक असन्तुष्टि बाहिरिएको छ ।

संगठनमा लामो समय काम गरेका, सिनियर बिद्यार्थि नेता लाई लत्याएर आफन्त नातागोता लाई संगठनको जिम्मेवारी दिइए पछि व्यापक असन्तुष्टि आएको हो ।

संगठनमा लामो समय काम गरेका नेता साबिक अनेरास्ववियु बझाङका उपाध्यक्ष पुस्पलाल रोकाया लगाएतको सिङ्गो टिमले असहमति जनाएको छ ।

तत्कालीन उपाध्यक्ष, कोषध्यक्ष, सहसचिव, पुर्ब सचिब, सचिवालय सद्स्य लगाएतका ११ जना नेताले हस्ताक्षर गर्दै केन्द्रिय संयोजक एन महर र सह संयोजक रन्जित तामाङलाई एकलौटी रुपमा बिस्तार गरिएको कमिटी नसच्चिए समानान्तर कमिटी घोषणा गर्ने चेतावनी सहितको असमती पत्र बुझाएका छ्न ।

केन्द्रिय संयोजक महरले आफैले पठाएको सर्कुलर लत्याउदै आफ्नो गृह जिलामा संगठनमा काम नगरेका जुनियरलाई जिल्लाको पदाधिकारी, कमिटीमा राखेर पुर्णता दिन माथी बाटै उर्दी जारी गरेर जिल्ला कमिटी बिस्तार गरे पछि कर्याकर्ता रुष्ट बनेका छ्न ।

केन्द्रीय महरले जिल्लाको संयोजक बनाउदा देखीनै गुटबन्दी सुरु गरेर सिनिएर तत्कालीन उपाध्यक्ष रोकायलाई लत्याएर जुनियर आफ्नो ज्वाइँ प्रबिन धामीलाई संयोजक बनाएका थिए ।

एकता टुङ्गो लगाउदा साबिक अनेरास्ववियुका जिल्ला अध्यक्षलाई केन्द्रीय अनुशासन आयोग्मा मनोनीत गरेर कमिटीका जुनियर सचिब धामीलाई जिल्लाको संयोजक बनाएका थिए । फरक गुट्को भन्दै सिनिएरलाई किनारा लगाएको आरोप बझाङका बिद्यार्थि नेता बताउछन् ।

जिल्लामा आफ्नो गुट स्थापित गर्न आफैले जारी गरेको सर्कुलरलाई कुल्चेर बिधान बिपरित काम गरेको भन्दै जिल्लाका बिद्यार्थी नेता आक्रमक बनेका छन ।

महरले तत्कालीन उपाध्यक्ष पुस्पलाल रोकाया ज्वाला, कोषाध्यक्ष हेमन्त भन्डारी, सचिवालय सदस्य मोहन कुवर, दिल बहादुर बिक, अनु गुरुङ ,सुभाष बोहरा , कटक धामी, जय कुन्वर, धनेश्व्री पातली, संगीता बिक लगाएतका नेतालाई पाखा लगाएर नयाँ अनुहारलाई कमिटीमा राखेर एकता टुंगो लगाउन निर्देशन दिएको आरोप सक्रिय विद्यार्थी कार्यकर्ताको छ ।