प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँः पूर्वसंचार मन्त्री बाँस्कोटा

10.26K
shares

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र  पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् ।

मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

नेकपामा हाल आन्तरिक किचलो बढ्दै गएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083