अस्पताल सफाइ अभियान

5.62K
shares

भरतपुर अस्पताललाई सुन्दर र सफा बनाई राख्न साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ ।

यहाँका युवा तथा सामाजिक अभियन्ताहरुले हरेक शनिबार अस्पताल सफाइको अभियान शुरु गरेका हुन् ।

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज अस्पताल परिसर सरसफाइ गरिएको छ । भरतपुर महानगरपालिकाको युवा सञ्जालको अगुवाइमा हरेक शनिबार बिहान ७ बजे अस्पतालमा सरसफाइ अभियान गरिने जानकारी दिइएको छ । अभियानमा ‘भरतपुर अस्पतालका साथीहरु’ नामक संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुने भएका छन् ।

अभियानमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारी, समितिका सदस्य केशव देवकोटा, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमख महेन्द्र पौड्याल, युवा सञ्जाल संयोजक सन्देश वाग्लेलगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष अधिकारीले अभियन्ताहरुलाई धन्यवाद व्यक्त गर्दै हरेक अभियानमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो । भरतपुर अस्पतालमा दैनिक करिब एक हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083