अनेरास्ववियूका सहसंयाेजक तामाङलाई म्याग्दीमा उच्च सम्मान !
वि.सं.२०७७ पुस ३ शुक्रवार १९:००
shares

म्यादी । सत्तारूढ दल नेपाल कम्युनिष्ट (नेकपा) काे भातृ संगठन अनेरास्ववियूका सहसंयाेजक रन्जित तामाङ म्याग्दी जिल्ला पुगेर तत्कालीन (क्रान्तिकारी ) का उपाध्यक्ष यमनाथ पाैडेलकाे घरमै पुगेर उहाकाे गत २५ गते भएकाे असमायिक निधन प्रती गहिराे दुख प्रकट गर्दै परिवार प्रती समवेदना प्रकट गरेका छन् ।
हिजाे बिहिबार बेनि पुगेका सहसंयाेजक तामाङले अाज बिहान पत्रकार सम्मेलन गरि स्व. पाैडेलकाे बेनि स्थित घरमा पुगेर श्रद्धाञ्जली सभा कार्यक्रम गरेका हुन् ।
बेनि स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे जिल्ला कार्यलयमा पुगेर जिल्लाका नेताहरु सँग छलफल समेत गरेका छन् । उक्त जिल्ला स्तरीय नेताहरुकाे छलफलमा अहिले नेकपामा चलेकाे अन्तर विवाद प्रतिबिम्ब स्वरुप उहाँ सहभागी भएकाे कार्यक्रममा चार /पाँच जना जिल्लाका नेताहरु सहभागी भएका थिए । साथै तत्कालीन म्याग्दी जिल्ला अनेरास्ववियूका सहसंयाेजक सहितका नेताहरुसंग छलफल गरी पुर्ब निर्धारित कार्यक्रम सम्पन्न गरि फर्किएका हुन् ।
केही ब्यक्तिहरुले अनेरास्ववियूका सहसंयाेजक तामाङलाई म्यादी जिल्लाबाट लखेटीएकाे भन्ने कपाेकल्पित, भ्रामक समाचार सम्प्रेषण गरेकाेप्रती अापत्ति जनाउदै कहि कतै यस्तो खालकाे भ्रामक कपाेलकल्पित खालकाे घटना नघटेकाे अनेरास्ववियूका केन्द्रीय सदस्य सुदिप पाैडेल र अनेरास्ववियू म्यादी जिल्ला सहसंयाेजक रेशम कटुवाल क्षेत्रीले जानकारी दिएका छन् ।






















