उखु किसानको समस्या तत्काल समाधान गर : सह-संयोजक रञ्जित तामाङ
वि.सं.२०७७ पुस ३ शुक्रवार १५:४२
shares

सतारुढदल नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूले उखु किसानको तत्काल समस्या समाधान गर्न माग गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियूले भनेको छ, “अनेक दु:ख र कष्ट झेलेर उत्पादन गरी विक्री गरेको उखुको मुल्य नपाएर विचल्लीमा परेका उखु किसानहरुद्वारा काठमाडौंको माइतीघरमा संचालित न्यायपुर्ण आन्दोलनमा हाम्रो संगठन अनेरास्ववियू पुर्ण समर्थन र ऐक्यबद्धता ब्यक्त गर्दछ ।”
अनेरास्ववियूले “वर्षेनी करोडौंकाे चिनी आयात गर्ने देशले उखु किसानहरुलाई संरक्षण , प्रोत्साहन र प्रवर्द्धन गर्नुकाे साटाे उल्टो आफूले विक्री गरेको उखुको मूल्य समेत नपाए र उखु किसानहरु सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक भएकाे बताएकाे छ ।”
साथै मंसिर-पुषको कठाङ्ग्रिंदो जाडोमा टाढादेखि काठमाडौं आएर लगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर हैन ।
मिल मालिकवाट वर्षौंदेखि पैसा नपाएका उखु किसानहरु गत वर्ष आन्दोलनमा उत्रिए पछि सरकारसंग सहमति भएको थियो ।
तर सहमतिलाई रद्धिको टोकरीमा मिल्काइएपछि यस वर्ष किसानहरु फेरि आन्दोलनमा उत्रिन वाध्य भएका छन् ।
तर यतिका दिन वितिसक्दा पनि सरकारले अझै ठोस, सार्थक र परिणाममुखी वार्ता र समाधान निकाल्ने प्रयत्न गरेको देखिंदैन ।
यसर्थ उखु किसानहरूको सम्पुर्ण मागहरु तत्काल पूरा गर्न , गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालिन समाधान खोज्न नेपाल सरकार अनेरास्ववियूले जोडदार माग गरेकाे छ ।
उक्त विज्ञप्तीमा अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले हस्ताक्षर गरेका छन ।
मिति:-२०७७/०९/०३
प्रेस विज्ञप्ति
उखु किसानका समस्या समाधान गर !
अनेक दु:ख र कष्ट झेलेर उत्पादन गरी विक्री गरेको उखुको मुल्य नपाएर विचल्लीमा परेका उखु किसानहरुद्वारा काठमाडौंको माइतीघरमा संचालित न्यायपुर्ण आन्दोलनमा हाम्रो संगठन अनेरास्ववियू पुर्ण समर्थन र ऐक्यबद्धता ब्यक्त गर्दछ । वर्षेनी चिनी आयातका नाममा करोडौं रकम मुलुक बाहिर जानवाट रोक्न महत्त्वपूर्ण योगदान गरिरहेका स्वदेशी उखु किसानहरुलाई स्वयं राज्यले नै संरक्षण , प्रोत्साहन र प्रवर्द्धन गर्नु पर्ने हो । तर उल्टो आफूले विक्री गरेको उखुको मूल्य समेत नपाएर उखु किसानहरु सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक छ ।मंसिर-पुषको कठाङ्ग्रिंदो जाडोमा टाढादेखि काठमाडौं आएर लगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर हैन । मिल मालिकवाट वर्षौंदेखि पैसा नपाएका उखु किसानहरु गत वर्ष आन्दोलनमा उत्रिए पछि सरकारसंग सहमति भएको थियो । तर सहमतिलाई रद्धिको टोकरीमा मिल्काइएपछि यस वर्ष किसानहरु फेरि आन्दोलनमा उत्रिन वाध्य भएका छन् । तर यतिका दिन वितिसक्दा पनि सरकारले अझै ठोस , सार्थक र परिणाममुखी वार्ता र समाधान निकाल्ने प्रयत्न गरेको देखिंदैन । यसर्थ उखु किसानहरूको सम्पुर्ण मागहरु तत्काल पूरा गर्न , गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालिन समाधान खोज्न नेपाल सरकार र अन्य सम्वद्ध निकायलाई जोडदार माग गर्दछौं ।
रञ्जित तामाङ
सहसंयोजक
















