मन्त्री गुरुङद्वारा इमान्दार भएर काम गर्न आग्रह
वि.सं.२०७७ पुस ११ शनिवार १५:३०
shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नुभयो । रत्न–धर्म स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले उच्च नैतिकता र इमान्दारका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनुभयो ।
मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गर्नुभयो । उच्च नैतिकता र इमान्दार भएर काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुुँगुुदेखि मुगुुसम्म’ नामक आफ्नो अनुुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गर्नुभयो ।
कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो । मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको चर्चासमेत गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम
गोसाइँकुण्ड गाउँपालिकाले चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ ।
रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार तातोका लागि कम्बल एवं स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य परीक्षण, औषधि वितरण, परामर्श र अपाङ्ग परिचयपत्रसमेत स्थानीय गाउँटोलमै वितरण अभियान शुरू गरिएको हो ।
गाउँपालिकाभित्र रहेका छ वडामै यस्ता किसिमका सेवा प्रदान गर्ने कार्यक्रमअनुसार दुई वडामा कार्य सम्पन्न गरिएको छ ।
वडा नं १ को थुमन क्षेत्रका ८५ र वडा नं ३ को वृद्विम तथा खाम्जिम गाउँमा ६६ ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिनुभयो ।
कम्बल वितरणको साथै २३८ जनालाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई औषधिसमेत प्रदान गरिएको छ ।
सात हजार जनसङ्ख्या रहेको यस गाउँपालिकाका बासिन्दालाई घरदैलोमै सबै सेवा दिन शुरु गरिएको छ ।





























