अमेरिकामा पनि भेटियो नयाँ कोरोना भाइरस

7.77K
shares

एजेन्सी । अमेरिकामा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ। तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरस कोलोराडो राज्यमा भेटिएको पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीहरुका अनुसार कोरोनाको नयाँ प्रकार देखिएका व्यक्ति २० देखि ३० वर्षका युवा हुन् ।

वेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसबाट संक्रमित भएका २० वर्षीय युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समय यात्रा पनि गरेका थिएनन्। उनको सम्पर्कमा आएकाको खोजी र नयाँ प्रकारको अन्य संभावित संक्रमणको पहिचानमा स्वास्थ्यकर्मीहरु जुटेको बताइएको छ ।

गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले नयाँ प्रकारको भाइरस अमेरिका भित्रिसकेको हुनसक्ने आशंका गरेका थिए । हालसम्म भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिइसकेको छ। यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्।

अहिलेसम्म अमेरिकामा एक करोड ९० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने तीन लाख ३७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083