बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

7.24K
shares

काठमाडौं । नेकपाको संस्थापन (प्रचण्ड-नेपाल) पक्षले बागमती प्रदेशकाे संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो।

यस अघि संसदीय दलको यही पुस ९ गते बसेको बैठकले दलको नेताबाट पौडेललाई हटाइ शाक्यलाई नयाँ नेता सिफारिस गरेको थियो। सोही निर्णय बमोजिम १० गते मुख्यमन्त्रीविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव ल्याउँदै नयाँ मुख्यमन्त्रीमा शाक्यको नाम सिफारिस गरेका थिए।

मंगलबार मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका थिए।


divya collage
unigloble collage