चौधरी समूहको बारेमा राष्ट्र वैंकको छानबिन अन्तिम चरणमा

6.37K
shares

काठमाडौं । नबिल वैंकमा रहेको विवादास्पद विदेशी साझेदारको बारेमा एक वर्षदेखि छानबिन गरिरहेको नेपाल राष्ट्र वैंकले आफ्नो छानविनलाई अन्तिम चरणमा पुर्याएको छ । नबिल बैंकमा रहेको विदेशी साझेदारको ५० प्रतिशत सेयर लगानीका पटक पटक प्रश्न उठेपछि राष्ट्र वैंकले गत फागुनदेखि छनबिन शुरु गरेको थियो ।

आयरल्याण्डस्थित दर्ता रहेको एनबी (इन्टरनेशनल) लिमिटेड नामक कम्पनीसँग नबिल बैंकको ५० प्रतिशत स्वामित्व रहेको छ । त्यो कम्पनीको मुख्य लगानीकर्ता पनामा सिटीमा रहेको साउथ एशिया फाइनान्सियल सर्भिसेस कर्पोरशन रहेको छ । त्यो कम्पनीका एकजना साझेदार नेपालका अर्वपति उद्यमी विनोद चौधरी हुन् । त्यसैमार्फत चौधरीले नबिल वैंकमा अप्रत्यक्ष लगानी गरेको कुरा लामोसमयदेखि पटक पटक उठ्दै आएको छ । तर, चौधरीको उच्च पहुंचका कारण त्यसबारेमा छानविन हुन सकेको थिएन ।

अघिल्लो वर्ष महाप्रसाद अधिकारी गभर्नर नियुक्त भए लगत्तै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग र विदेशी विनिमय ब्यवस्थापन विभागले यो विवादमा छानबिन शुरु गरेका थिए । त्यही अनुसार अहिले छानबिन अन्तिम चरणमा पुगेको राष्ट्र वैंक स्रोतले जानकारी दिएको छ । अहिले अन्तिम चरणको छानबिन भैरहेको र केही समयमा छानबिन सकेपछि विस्तृत प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाइने छानविनमा संलग्न एक अधिकारीले जनतापाटीलाई जानकारी दिए ।

स्मरण रहोस अहिले नबिल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार ४०० रुपैयाँ छ । त्यसमा चौधरी संलग्न रहेको भनिएका एनबी इन्टरनेशनलको ४ अर्ब ५० करोड ५९ लाख रुपैयाँको सेयर छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083