नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

6.08K
shares

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ।

हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने।

‘गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो’, उनले जारी गरेको वक्तव्यमा भनिएको छ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन्। अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उनले आशा व्यक्त गरेका छन्।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने उनले आश्वासन दिएका छन्। युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको वक्तव्य मार्फत जानकारी दिएको छ।

सन् २०२० मा भने युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो। विशेष गरेर दुर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083