युवतीसँग अश्लिल च्याट गर्ने नेविसंघका जिल्ला पूर्व सचिव शाहीको कुराकानी सार्वजनिक

6.92K
shares

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला पूर्व सचिवले एक युवतीसँग सामाजिक संजाल फेसबुक म्यासेन्जरमा गरेको अश्लिल च्याट (कुराकानी) बाहिरिएको छ ।

अछाम कमलवजार नगरपालिका  बिरपथ घर भएका नेविसंघका जिल्ला पूर्वसचिव नेपाली काङ्ग्रेस अछामका युवा नेता भनेर चिनिने  रबिन्द्र शाहीले अछामकै एक युवतीलाई अश्लिल म्यासेजपठाएर हैरान पारेको खुलाशा भएकाे हो ।

ती युवतीलाई डर धम्की देखाउदै शाहीले पठाएको सन्देशको अंश स्रोतबाट प्राप्त भएकाे छ ।

अश्लिल च्याट गरेकाे कुराकानी सुरक्षित छ ।

कानुनमा के छ :

परिच्छेद –२ गाली बेइज्जती सम्बन्धी कसूर

मुलुकी अपराध संहिता, २०७४

३०५. गाली गर्न नहुनेः (१) कसैले कसैलाई गाली गर्न हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ ।

(क) अरुको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तोे व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार गरेमा ।

३०७. बेइज्जती गरेमा हुने सजायः (१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँ सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083