खानेपानी मन्त्री थापालाई जाजरकोटमा देखाए कालो झन्डा
वि.सं.२०७७ पुस २२ बुधवार १०:३०
8.37K
shares
shares

जाजरकोट । जाजरकोटमा अनेरास्ववियूले मन्त्रीलाई कालो झन्डा देखाएका छन् । बुधबार विहान कार्यक्रममा गएका खानेपानी मन्त्री मणि थापालालाई कालो झन्डा देखाएर विरोध जनाएका हुन् । अनेरास्ववियूले मंगलबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषण गर्दै काम चलाउ मन्त्रीलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरे लगत्तै मन्त्री थापालाई कालो झन्डा देखाएका हुन् ।
अनेरास्ववियूको दोस्रो चरण आन्दोलन अन्तर्गत कामचलाउ सरकारका मन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम अन्तर्गत आज जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएर विरोध जनाएको अनेरास्ववियू केन्द्रिय सदस्य ज्ञानु खड्काले जानकारी दिएका हुन् ।
































