अनेरास्ववियू बानेश्वर बहुमुखी क्याम्पस कमिटीले शुरु गर्यो दोस्रो चरणको आन्दोलन

16.16K
shares

काठमाडौ । अनेरास्ववियू बानेश्वर बहुमुखी क्याम्पस कमिटीले बुधबार केपी शर्मा ओलीको असंबैधानिक कदम विरुद्ध दोश्रो चरणको आन्दोलन सुरु गरेको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य श्याम रोक्काले संगठन सुदृढीकरण अभियान निरन्तर चल्ने र संगठन चलाएमान बनाउने प्रतिबद्दता रहेको बताएका छन् ।

त्यसै गरी अनेरास्ववियूका केन्द्रीय सदस्य रबिन बस्नेतले अन्याय अत्याचारको विरुद्ध अनेरास्ववियू एकताबद्ध छ । साथै पार्टी फुटको कुनै पनि असर विद्यार्थी संगठनमा नभएको समेत नेता बस्नेतले बताए ।

यस्तै अनेरास्ववियू बानेश्वर बहुमुखी क्याम्पस कमिटीका नेता भुमिराज अधिकारीले बोल्दै भने – अन्याय अत्याचारको विरुद्ध लड्दै आएको संगठन अनेरास्ववियूले केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको डटेर सामना गर्न विद्यार्थी तयार रहेको बताए ।

सोही कार्यक्रममा अनेरास्ववियू बानेश्वर बहुमुखी क्याम्पसका नेता नबिन शाहीले भने,- हामी विद्यार्थीहरु असंवैधानिक कदम बिरुद्ध सदैव लाग्नेछौं’, अग्रगमनको पक्षमा उभिन सम्पूर्ण न्यायप्रेमि जनसमुदाय, युवा, विद्यार्थीहरुलाई हार्दिक अपिल गर्दछौ ।’

उत्त कार्यक्रममा अनेरास्ववियूका नेता श्याम रोक्का, रबिन बस्नेत, बिनु खड्का नबिन शाही, भुमिराज अधिकारी संदिप लुईटेल, सौगात पहाडी, अभिनास कार्की लगाएतको उपस्तिथि रहेको थियो ।

Image may contain: 6 people, including Saugat Pahari, Muna Thapa, Shyam Rokka and Binu Khadka, people standing and outdoor

Image may contain: 9 people, including Rabin Jung Basnet, संदिप लुईटेल, Binu Khadka and Krishna Pd Adhikari, people standing

Image may contain: outdoor, text that says 'असंवैधानिक कु खारेज गर! सार्वभौमसत्ता सम्पन्न संसद सुचारू गर!! प्रतिगमन-मुर्दावाद! मुर्दावाद! अनेरास्ववियू बानेश्वर बहमुखी क्याम्पस'