आफैले बनाएको संविधानमा ‘कू’ हुँदा सुवास नेम्वाङ चुइँक्क बोल्न सक्नु भएन : गगन थापा

7.48K
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लुकेर बसेको आरोप लगाएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको भन्दै आक्रोश पोखेका हुन् । उनले नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्।

‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु। जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।’

थापाले संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083