दिनहुँ उकालो लाग्दैछ सुनको भाउ, आज कति पुग्यो ?
वि.सं.२०७७ पुस २२ बुधवार ११:३०
9.04K
shares
shares

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९६ हजार २ सय रुपैयाँमा रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।














