संसद भवन अगाडि प्रहरीको घेरा तोड्दै प्रधानमन्त्री ओलीको पुत्ला दोहन

9.48K
shares

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको  विरोधमा बानेश्वरको संसद भवन अगाडि प्रहरीको घेरा तोड्दै अनेरास्ववियू बिहिवार प्रधानमन्त्री ओलीको पुत्ला दोहन गरेका छन् ।

विरोध कार्यक्रम मीन भवन क्याम्पस देखि संसद भवन अगाडि सम्म प्रधानमन्त्री ओलीको विरुद्ध नारावाजी सहित कोण सभामा परिणत भएको हो।

विरोध कोण सभालाई अनेरास्ववियू नेता पवन कार्कीले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरेको असबैधानिक “कु” को कदम न सच्याएन र डटेर संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

विरोध कार्यक्रममा अनेरास्ववियू केन्द्रिय नेत्री आरती लामा, श्याम रोक्का, मिलन राई, केसरी रेग्मी, मुक्ति बुढाथोकी, रबिन बस्नेत, लगायतका विद्यार्थी नेताहरू उपस्तिथि रहेको हो

मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियूले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउने देखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।
त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको थियो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्।आज देशैभरी प्रधानमन्त्री ओलीको पुत्ला दोहन भएको हो।