देशै भरीबाट पठाए प्रधानमन्त्री ओलीलाई संविधान

4.81K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संस्थापन प्रचण्ड–नेपाल समूह र त्यसको जनवर्गीय सगठनले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई देशै भरि बाट संविधान ज्ञापनपत्र/मागपत्र र संविधान पठाएको छ ।

देशको ७७ जिल्ला प्रशासन कार्यालयमार्फत अध्ययनका लागि भन्दै धारा ७६ र ८६ का बुँदाहरुलाई फोटोकपी गरेर पठाएको हो ।

‘संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार दिएको छैन,’ मागपत्रमा भनिएको छ ‘संविधानको सम्बन्धित धाराको पुन:अध्ययन गर्नुहोस् भनेर सो धाराको छायाप्रति पठाइएको हो ।’

असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रसामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सुचारु गरेर संविधानलाई क्रियाशिल बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते चुनावको मिति तय गरेकी छन् ।