प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति: विधि-पद्धतिले जनतालाई खान-लाउन दिन्छ ?

8.61K
shares

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, पद्धतिको कुरा नगर्न भनेका छन्। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै आलोचना भइरहेका बेला उनले विधि र पद्धतिका कुरा जनताले नबुझ्ने तर्क गरे।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकास निर्माणमा यहाँभन्दा पहिला कसैको पालामा नभएको काम गरे पनि केही मानिसहरूले जनतासँग कुनै सरोकार नभएका विधि र पद्धतिका कुरा गरेको बताएका हुन्।
सरकारले गरेका  काम नदेख्नेहरूले विधि, पद्धतिका कुरा गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘एकै दिनमा ३०९ अस्पताल शिलान्यास भयो। एक वर्षमा कसैले गरेको थियो? अहिलेसम्म कसैले गरेको थियो?,’ उनले राष्ट्रिय सभामा आज सम्बोधनका क्रममा भने।
‘जनताले नबुझ्ने, जनताका सरोकार नभएका विधि, पद्धति? के बुझ्ने जनताले पद्धति? न पद्धति लाउन हुन्छ, न खान हुन्छ। विचरा जनतालाई सुनाइदिएको छ विधि पद्धति,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले रोजगारी, खाना, वस्त्र, छोराछोरी पढाउने र समानताका कुरा जनताको सरोकार भएको बताएका थिए।