थप ४४५ जनामा कोरोना पुष्टि, कति डिस्चार्ज ?
वि.सं.२०७७ पुस २९ बुधवार १७:१२
6.7K
shares
shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५९ हजार ७७२ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।





















