विप्लव समुहका नेता धमेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विप्लव समुका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ ।

नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।

२९ पुस २०७७, बुधवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु