दलित पत्रकार संघको अध्यक्षमा पवित्रा सुनार चयन

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ, नेपाल (एड्जोन) को अध्यक्षमा पवित्रा सुनार पुन चयन भएकी छन् । संघको पहिलो साधारण सभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्ष सुनार(नयाँ पत्रिका दैनिक)बाट र उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केशर विश्वकर्मा (दर्पण दैनिक)बाट चयन भएका छन् ।

अन्य पद सर्वसम्मत चयन भए पनि महासचिवमा भने विश्वास खड्काथोकी र विष्णु विश्वकर्माका बीचमा चुनाव भएको थियो । जसमा थोरै मतान्तरले विश्वास खड्काथोकी (अनलाइन खबर) बाट निर्वाचित भएका छन् । यस्तै, सचिवमा रमेश टमट्टा (रेडियो नेपाल),बाट सन्देश परियार, धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल (हिमालय टिभी)बाट चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा आछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रुपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली (इन्टरभियू नेपाल) बाट चयन भएका छन् ।

संस्थाले साधारण सभाका अवसरमा अग्रज पत्रकारहरु बाबुराम विश्वकर्मा, प्रकाशचन्द्र परियार, कसमस विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरेको छ । उनीहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले खादा र कदर पत्रद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियार, आर्थिक पत्रकार समाजका सचिव कृष्ण रिजाल, अग्रज पत्रकार प्रकाशचन्द्र परियार र बाबुराम विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।

२९ पुस २०७७, बुधवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु