एनएमबि बैंकको सभाले पारित गर्‍यो १६.२ प्रतिशत लाभांश

Nepal Life Insurance Long Ad

काठमाडौँ । एनएमबि बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा नयाँ बानेश्वरकाे कृष्ण टावरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको छ ।

कोभिड-१९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पूँजी रु १६ अर्बबाट बृद्धि गरी रु २० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

२९ पुस २०७७, बुधवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु