माघीको शुभकामना दिँदै प्रचण्ड-नेपालले भनेः ‘अधिकारमाथि सरकारबाट प्रहार भैरहेको छ’

7.83K
shares

काठमाडौँ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन् ।

माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै अध्यक्षद्वय दाहाल र नेपालले यस्तो बताएका हुन् । नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनगामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको उनीहरुले संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौं ।’ उनीहरुले भनेका छन् ,‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ ।’

माघे संक्रान्तिको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न अध्यक्षद्वयले आदिवासी जनजातिलगायत सम्पूर्ण जनसमुदायमा अपीलसमेत गरेका छन् ।


divya collage
unigloble collage