थप ४४५ जनामा कोरोना पुष्टि, कति डिस्चार्ज ?

Nepal Life Insurance Long Ad

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५९ हजार ७७२ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।

२९ पुस २०७७, बुधवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु