१०१ वर्षिया वृद्धाको आगोले जलेर मृत्यु

5.9K
shares

खोटाङमा आगोले जलेर गम्भिर घाइते भएकी एक बुद्धाको मृत्यु भएको छ ।

गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा लगाएको कपडमा आगो लागेर गम्भिर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो ।

बिहान गम्भीर घाईते भएकी अधिकारीको केही घण्टापछि मृत्यु भएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

उनी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिककारुपमा सम्मानित वृद्धा हुन् । बृद्धअवश्थाका कारण बोल्न समेत नसक्ने अवस्थाका बृद्धा अधिकारी स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिईन् ।

शारीरिक असक्तताका कारण घस्रेर हिड्ने गरेका बृद्धा अधिकारीलाई लुगा डढेको गन्धका आधारमा स्थानियले आगोले जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

आगोले जलेर शरीरको छाला पिल्सिएका अधिकारीलाई उद्धारपछि केराको पातले शरीर ढाकेर राखिएको थियो ।

घटना बारे जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक गोबिन्द शाहले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083