“जनताको प्राप्त उपलब्धि र अधिकार खोस्ने प्रधानमन्त्री ओलीले दुस्साहस गरे!”- जनार्दन शर्मा

13.48K
shares

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) संस्थापक प्रचण्ड–माधव पक्षले सिन्धुपाल्चोक-काठमाडौ सम्पर्क मञ्च भेला तथा प्रशिक्षण कार्यक्रम गोल्डेन लाइट पार्टी प्यालेस चाबहिलमा सम्पन्न गरेको छ।

नेकपा सिन्धुपाल्चोक-काठमाडौ सम्पर्क मञ्च कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता जनार्दन शर्माले
‘यो संसद विघटनमा मात्रै सिमित नरहन सक्छ ।

सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण र परिवर्तन माथिको आक्रमण भएको नेता शर्माको जिकिर छ।

आफ्नै अगाडि परिवर्तनका खातिर हजारौं लाल सेनाहरु ढलेको र कयौंको सदत-गद गरेको स्मरण गर्दै नेता शर्माले यसरी प्राप्त गरेको जनताको अधिकारको ओलीले खोस्ने खतरा भएको बताए।

उनले यो प्रधानमन्त्री केपी ओलीको असवैधानिक कदमले समग्रतामा प्रतिगमनलाई अघि बढाउन ढोका खोलेको समेत बताए । ‘त्यसकारणले हामीले प्रतिगामी कदम मुर्दावाद पनि भनेका छौ’ नेता शर्माको भनाइ छ ।

सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अधिकार दिएको भन्दै सर्वोच्च अदालतले केही गर्ला भनेर भन्न नपर्ने भन्दै संविधान विपरित गएर निर्णय भएमा त्यसवेला संविधानको कुनैपनि धारा काम नलाग्ने बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083