पुल्चोकमा कालो मन्त्रीलाई कालो झन्डाः अनेरास्ववियूका चारजना नेताहरु पक्राउ

11.44K
shares

काठमाडौं । मन्त्रीलाई कालोझन्डा देखाउन पुगेका अनेरास्ववियूका चार नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरती लामा, सञ्‍जय काल्धन, मनीषा कार्की, निरोज श्रेष्‍ठ  छन् ।

सिंहदरबारबाट निवासतिर फर्किएका मन्त्रीहरूलाई विद्यार्थीहरूले पुल्चोकमा कालो झन्डा देखाएका थिए । झन्डा देखाउने क्रममा प्रहरीले चार नेतालाई पक्राउ गरेको लामाले जानकारी दिइन् । उनीसहित पक्राउ परेका चारैजनालाई जावलाखेल वृत्तमा राखिएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध हामीले मन्त्रीहरूलाई लक्षित गरेर पुल्चोकमा कालो झन्डा देखाएका थियौं । अहिले जावलाखेल वृत्तमा राखिएको छ । प्रहरीले धरपकड गरेर यहाँ ल्यायो,” उनले भनिन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेको भन्दै अनेरास्ववियू आन्दोलित छ । चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083