हामीलाई जंगलीको आरोप लगाउने ओली आफैँ जंगली भयो- प्रचण्ड

14.86K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार जंगली हुँदै गएको आरोप लगाएका छन्। बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओली सरकार जंगली भएको बताएका हुन्।

‘हामीलाई जंगली भन्थे। तर, अहिले ओली सरकार आफैँ जंगली बन्दै गएको छ। हामी त जनताको साथमै थियौँ’ उनले भने, ‘ओलीको कदमलाई केही महिनामै परास्त गछौँ। ओलीको प्रतिगामी कदमलाई हराएरै छाड्छौँ। ओली सरकार निरङ्कुशतातर्फ गयो।’

केपी ओली सरकार निरङ्कुश बन्दै गएको भन्दै त्यसलाई सच्चाउनका लागि भोलिको आम हड्ताल कार्यक्रम घोषणा गरेको प्रष्ट्याए। ‘तपाईं हाम्रो टाउकाको मूल्य तोक्ने अहिले यहीँ छन्। पहिले पनि हाम्रो टाउकोको मूल्य तोकेका थिए। अहिले पनि तोकेकै छन्’ उनले भने, ‘लडाइँ हत्या हिंसाबाट नभएर विचार राजनीतिले जित्नुपर्छ।’

ओलीले राजनीतिमा निरङ्कुश र तानाशाहले सत्ता लिन खोजेको आरोप लगाए। ओलीको कदमले देश टर्की, श्रीलंक जस्तै बन्ने जिकिर गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको रक्षा गर्नका लागि सडक आन्दोलनमा उत्रिन बाध्य भएको स्पष्टीकरण दिए।

ओलीले राज्यबाट जनयुद्धको घाइते अपांगहरूलाई दिइरहेको सेवा सुविधा पनि ओली सरकारले काटेको आरोप लगाए। ‘हाम्रो दुईतिहाइ बहुमतको सरकारले जनमुक्ति सेनाको पक्षमा धेरै गर्ने सोचेको थिएँ। गृह मन्त्रालयलाई पनि मैले पटक(पटक आग्रह गरेको हुँ। मैले नै बनाएको गृहमन्त्रीले पनि सुनेनन्’ उनले भने, ‘अब यो प्रतिगमनविरुद्धको आन्दोलन जितेपछि तपाईंहरूको पक्षमा सक्दो गर्ने प्रतिबद्धता गर्छु।’

ओलीले पार्टी फुटाएर जनमुक्ति सेना भनिरहेको बताए। ‘भएको सेवा सुविधा कटौती गर्ने घाइतेहरूको जीविकोपार्जनको विषयमा प्रचण्डको चेला भनेर हेप्नेरु’ उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083