एमालेका नेता यादव कोरोना संक्रमणबाट निधन
वि.सं.२०७८ जेठ ६ बिहीवार १०:१०
shares

नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ ।
एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए ।
धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो ।
मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।
५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो ।
तर आज विहान उनको हस्पिटलमै उपचारको क्रममा कोरोना संक्रमणबाट निधन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।
सरकारी जागिर छाडेर उनी २०५० अघि नै नेकपा एमालेमा सक्रिय थिए ।
नेता यादव नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए ।




















