तालिबानको हातमा कसरी पुगे यति धेरै अमेरिकी हतियार ?

6.89K
shares

तालिबानको अफगानिस्तानमाथि कब्जाका साथै उसको हातमा अमेरिकी हतियारको भण्डार पनि हात लागेको छ । 

भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ को खबर अनुसार तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि ठूलो परिमाणमा अमेरिकी हतियार जम्मा गरेको ह्वाइट हाउसले मंगलबार स्वीकार गरेको छ । 
सार्वजनिक भएका केही तस्बिर र भिडियोमा तालिबान चरमपन्थी ती हतियार र सैन्य गाडीसहित देखिएका छन् जसलाई अमेरिकी सैनिकले प्रयोग गर्दथे वा जुन अफगानिस्तानको सुरक्षाबललाई दिइएको थियो । 

यसमा कंधार विमानस्थलमा रहेको अत्याधुनिक यूएच–६० ब्ल्याक हक हेलिकोप्टर र अन्य उपकरण पनि समावेश छन्  

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले भने, ‘सबै सैन्य सामान कहाँ गएका थिए, त्यो स्पष्ट हुन सकेको थिएन । तर निश्चित रुपमा यसको ठूलो हिस्सा तालिबानको हातमा परेको छ । उनीहरुले यी सबै अमेरिकालाई फिर्ता गर्लान् जस्तो लागेको छैन ।’

जेक सुलिवनका अनुसार लाखौं डलरको सैन्य हतियार दुश्मनको हातमा छोड्नुले यो देखाउँछ कि २० वर्षको युद्ध समाप्त गर्नका लागि अमेरिकी राष्ट्रपतिको अगाडि कति ठूलो चुनौती थियो । 

तालिबान चरमपन्थीसँग लड्नका लागि अफगान सरकारलाई ब्ल्याक हक दिइएको पनि उनले बताए । उनले भने, ‘तर सरकारी सुरक्षा बलले तालिबानको अगाडि यति छिट्टै हार माने र हतियारको ठूलो भण्डार र हेलिकोप्टर पनि तालिबानलाई सुम्पिए ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083