तालीवानीहरुले अफगानस्तानका मिडिया पनि आफनो नियन्त्रणमा लिएर भ्रामक समाचार सम्प्रेषण गर्दै
वि.सं.२०७८ भदौ ७ सोमवार ११:५९
shares

अफगानिस्तानमाथि तालिबानको कब्जापछि उसको समर्थन गर्ने मिडिया समूहले एकातिर स्थितिलाई सामान्य देखाउने कोसिस गरिरहेका छन् भने अर्कोतर्फ दुश्मनलाई चेतावनी पनि जारी गरिरहेका छन् ।
यो मिडिया संगठनले तालिबान समर्थित भिडियो बनाउने गर्छ ।
सिटी सेन्टरमा अल–एमाराहको माइक्रोफोन लिएर एक साक्षातकर्ताले सोधे, ‘तपाईं कत्तिको आश्वस्त हुनुहुन्छ ?’ उताबाट जवाफ आउँछ, ‘शत प्रतिशत । सुरक्षा राम्रो छ, यहाँ कोही चोर छैनन्, हामी निकै खुसी छौं ।’
अघिल्लो आइतबार अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि काबुलमा अराजकताको स्थिति बनेको छ, यसैबीच यहाँ यस्तो सन्देश दिने कोसिस गरिँदैछ ।
हजारौं मानिसहरु विमानस्थलमा थुप्रिएका छन् र देशबाट भाग्ने कोसिस गरिरहेका छन् । अल–एमाराहका यी अन्तर्वार्ता सन्देश दिनका लागि एउटा सानो कदमको रुपमा हेरिँदैछ ।
शनिबार तालिबानका थुप्रै प्रवक्ता टिभी स्टुडियोमा पुगे र उनीहरुले मानिसलाई सडक सुरक्षित छ भनेर विश्वास दिलाए ।
सरकारी टिभी च्यानलमा चलिरहेका छन् ‘उपदेश’
बीबीसी मनिटरिङका अनुसार २० अगस्टमा अफगानिस्तानको सरकारी टिभी च्यानलमा चेतावनीयुक्त एउटा उपदेश प्रसारित गरिएको छ र देशका युवाहरुलाई इस्लामका दुश्मनहरुका अगाडि परास्त हुनबाट बच्न चेतावनी दिइएको छ ।
अफगानिस्तानको नियन्त्रणपछि यो च्यानल तालिबानको नियन्त्रणमा छ ।
शुक्रबार नमाजपछि टिभीमा प्रसारित भिडियोमा एक मौलवीले भनेका छन्, ‘यो देशमा तपाईंको अधिकार छ । हाम्रो देश हाम्रा लागि हाम्री आमाजस्तै हो । एउटी आमाले हामीलाई जन्म दिन्छिन् भने अर्की हाम्रो अध्यात्मिक आमा हुन् ।’
देशमा कब्जा जमाएपछि पहिलो शुक्रबार नमाजका बेला दिइने उपदेशका लागि तालिबानले मौलवीलाई निर्देशन जारी गरेका थिए ।
यसमा उनीहरुलाई अफगानी जनतालाई एक साथ राष्ट्र निर्माणका लागि प्रेरित गर्न र दुश्मनको प्रोपोगान्डाको खण्डन गर्न भनिएको छ ।
यतिबेला उपदेशकले सरकार र देशका मिडियाले युवालाई मार्गदर्शन गर्न जिम्मेवारी निभाउनुपर्ने बताइएको छ ।
एकातिर जहाँ सरकारी टिभी च्यानलले उपदेश चलाइरहेका छन् भने अर्कोतफए टोलो न्यूज, अरियाना न्यूज टिभी र वनटीवी जस्ता निजी टिभी च्यानलले आफ्नो सामान्य सामाचारका कार्यक्रममात्रै चलाइरहेका छन् ।
एजेन्सीको सहयोगमा































