तालिबानको विषयमा एलन मस्कको ट्विट, के भनिरहेका छन् मानिसहरु ?

5.89K
shares

संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक एलन मस्कले तालिबानसँग सम्बन्धित एउटा ट्वीट गरेका छन् जसबारे सोसल मिडियामा राम्रै चर्चा भइरहेको छ ।

अमेरिकी अर्बपति कारोबारी एलन मस्कले तालिबानी लडाकूको एउटा तस्बिर ट्विट गर्दै उनीहरुले मास्क नलगाएको बारे लेखे । 
यो तस्बिरमा केही तालिबानी नेता र उनका सहयोगी उभिइरेको देख्न सकिन्छ । यीमध्ये एकजना पनि व्यक्तिले मास्क लगाएको देख्न सकिँदैन । 

यो तस्बिरमा लेखिएको छ – एउटा पनि मास्क छैन, हे भगवान !

त्यसपछि  एलन मस्कले यो पनि लेखेका छन्, ‘उनीहरुलाई डेल्टा भेरियन्टबारे थाहा त छ ?’

मानिसहरुले के भने ?

मस्कको यो ट्विटमा मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् । केही मानिसहरुले मस्कको समर्थन गर्दै गम्भीर टिप्पणी गरेका छन् ।

यस्तै, केही मानिसहरुले मस्कलाई उनी एक वैज्ञानिक भएकोले राम्रो आचरणको परिचय दिन आग्रह गरेका छन् ।

एक प्रयोगकर्ता माइकल ब्रेनर लेख्छन्, ‘उनीहरुलाई विकास बारे पनि थाहा छैन ।’

‘द गिटार बोय’ नामबाट लेख्ने एक प्रयोगकर्ताले ट्वीट गरे, ‘हो, किनभने अफगानिस्तानका लागि यतिबेला सबैभन्दा ूठूलो चिन्ता यही हो नि ! एलन मस्क, तिमी रकेट बनाउ भाइ ।’

एक अन्य प्रयोगकर्ता साई चेतन मुप्पलाले लेखेका छन्, ‘उनीहरुलाई यो चाहिँदै चाहिँदैन किनभने उनीहरु अपरिचित व्यक्तिलाई आफू अगाडि झुल्किन पनि दिँदैनन् ।’

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083