तालीवानीहरुले अफगानस्तानका मिडिया पनि आफनो नियन्त्रणमा लिएर भ्रामक समाचार सम्प्रेषण गर्दै

Nepal Life Insurance Long Ad

अफगानिस्तानमाथि तालिबानको कब्जापछि उसको समर्थन गर्ने मिडिया समूहले एकातिर स्थितिलाई सामान्य देखाउने कोसिस गरिरहेका छन् भने अर्कोतर्फ दुश्मनलाई चेतावनी पनि जारी गरिरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानको अल–एमाराह स्टुडियोका टिभीका कर्मचारी पछिल्ला केही दिनदेखि काबुलको सडकमा उत्रिएका छन् र मानिसहरुलाई कुराकानी गर्दै अब मानिसहरुको जीवन सामान्य भइसकेको छ भनेर देखाउने कोसिस गरिरहेका छन् ।

यो मिडिया संगठनले तालिबान समर्थित भिडियो बनाउने गर्छ ।

सिटी सेन्टरमा अल–एमाराहको माइक्रोफोन लिएर एक साक्षातकर्ताले सोधे, ‘तपाईं कत्तिको आश्वस्त हुनुहुन्छ ?’ उताबाट जवाफ आउँछ, ‘शत प्रतिशत । सुरक्षा राम्रो छ, यहाँ कोही चोर छैनन्, हामी निकै खुसी छौं ।’

अघिल्लो आइतबार अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि काबुलमा अराजकताको स्थिति बनेको छ, यसैबीच यहाँ यस्तो सन्देश दिने कोसिस गरिँदैछ ।

हजारौं मानिसहरु विमानस्थलमा थुप्रिएका छन् र देशबाट भाग्ने कोसिस गरिरहेका छन् । अल–एमाराहका यी अन्तर्वार्ता सन्देश दिनका लागि एउटा सानो कदमको रुपमा हेरिँदैछ ।

शनिबार तालिबानका थुप्रै प्रवक्ता टिभी स्टुडियोमा पुगे र उनीहरुले मानिसलाई सडक सुरक्षित छ भनेर विश्वास दिलाए ।

सरकारी टिभी च्यानलमा चलिरहेका छन् ‘उपदेश’

बीबीसी मनिटरिङका अनुसार २० अगस्टमा अफगानिस्तानको सरकारी टिभी च्यानलमा चेतावनीयुक्त एउटा उपदेश प्रसारित गरिएको छ र देशका युवाहरुलाई  इस्लामका दुश्मनहरुका अगाडि परास्त हुनबाट बच्न चेतावनी दिइएको छ ।

अफगानिस्तानको नियन्त्रणपछि यो च्यानल तालिबानको नियन्त्रणमा छ ।

शुक्रबार नमाजपछि टिभीमा प्रसारित भिडियोमा एक मौलवीले भनेका छन्, ‘यो देशमा तपाईंको अधिकार छ । हाम्रो देश हाम्रा लागि हाम्री आमाजस्तै हो । एउटी आमाले हामीलाई जन्म दिन्छिन् भने अर्की हाम्रो अध्यात्मिक आमा हुन् ।’

देशमा कब्जा जमाएपछि पहिलो शुक्रबार नमाजका बेला दिइने उपदेशका लागि तालिबानले मौलवीलाई निर्देशन जारी गरेका थिए ।

यसमा उनीहरुलाई अफगानी जनतालाई एक साथ राष्ट्र निर्माणका लागि प्रेरित गर्न र दुश्मनको प्रोपोगान्डाको खण्डन गर्न भनिएको छ ।

यतिबेला उपदेशकले सरकार र देशका मिडियाले युवालाई मार्गदर्शन गर्न जिम्मेवारी निभाउनुपर्ने बताइएको छ ।

एकातिर जहाँ सरकारी टिभी च्यानलले उपदेश चलाइरहेका छन् भने अर्कोतफए टोलो न्यूज, अरियाना न्यूज टिभी र वनटीवी जस्ता निजी टिभी च्यानलले आफ्नो सामान्य सामाचारका कार्यक्रममात्रै चलाइरहेका छन् ।

एजेन्सीको सहयोगमा

७ भदौ २०७८, सोमवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु