बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते
वि.सं.२०७८ भदौ २९ मंगलवार ११:३५
4.8K
shares
shares

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।




























