गुल्मीमा कालीगण्डकीमा डुबेर एक युवक बेपत्ता
वि.सं.२०७८ कात्तिक १४ आइतवार १९:३४
4.39K
shares
shares

गुल्मीमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका–८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आइतबार बिहान सत्यवती गाउँपालिका–१ रुद्राबेनीमा मलामी गएको बेला कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।































