सुध्रिएन क्रिकेट संघ, फेरि विवादित बन्यो क्रिकेटरको ग्रेडिङ

6.08K
shares

नेपाल क्रिकेट संघ (क्यान)ले अहिले बल्ल २०२१ का लागि क्रिकेटरहरुको वर्गीकरण गरेको छ । तर मापदण्ड र बर्गीकरणप्रति असन्तुष्टि जनाउँदै कतिपय खेलाडीले सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।

२० असोजमा बसेको बोर्ड बैठकबाट पारित भएको भनिएको खेलाडी वर्गीकरण क्रिकेट संघले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर खेलाडीहरुलाई व्यक्तिगत रुपमा बोलाएर सम्झौतामा हस्ताक्षर गराउन गरेको छ ।

भद्रगोल मापदण्ड

क्रिकेट संघले पहिलो पटक सन् २०१५ मा खेलाडीहरुलाई चार वटा समूहमा वर्गीकरण (ग्रेडिङ) गरेको थियो । क्यान निलम्बनमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नै ग्रेडिङ गर्दैै तलब पठायो । असोज २०७६ मा सशर्त निलम्बन फुकुवा भएपछि चुनिएको चतुरबहादुर चन्द नेतृत्वको क्यानले असोज २०७७ मा खेलाडीहरुको ग्रेडिङ त गर्‍यो, तर विवादित बन्यो ।

यो पटक मापदण्ड बनाउन र खेलाडीहरुको ग्रेडिङका लागि तत्कालिन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले ६ साउनमा बुझाएको मापदण्ड र त्यसका आधारमा गरिएको ग्रेडिङलाई २० असोजमा बसेको बोर्ड बैठकले अनुमोदन गरेको छ । यद्यपि केही सदस्यले विरोध गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083