रिडी-रुद्रबेनी-वामी सडक ११ दिनपछि खुल्यो

5.95K
shares

गुल्मीको रिडी-रुद्रबेनी-वामी सडक ११ दिनपछि सञ्चालनमा आएको छ । रुरुक्षेत्र गाउँपालिका-२ को साँघुरेमा पहिरोले अवरुद्ध सडक कालीगण्डकी करिडोर बाटो निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोलीले सडक खुलाएको हो ।

आइतबार दिउँसोबाट सडक मर्मत भएपछि सवारी साधन आवतजावत गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले जानकारी दिए । कात्तिक महिनामा परेको बेमौसमी वर्षाले ३ गतेदेखि सडक बन्द थियो ।

पहिरोको बीचमा ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि नेपाली सेनाले बिष्फोटन गरी सडक खुलाएको हवल्दार खनालले बताए । नेपाली सेनाले शुक्रबार ठूला ढुंगालाई विष्फोटन गरेको थियो ।

सडक अवरुद्ध हुँदा शान्तिपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुट्ने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन् ।

केही सवारी साधन सदरमुकाम तम्घास हुँदै वामिटक्सारबाट बुर्तिबाङतर्फ जाने गरेका थिए ।   जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक व्यस्त सडक हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083