२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै
वि.सं.२०७८ कात्तिक २२ सोमवार १८:०४
5.17K
shares
shares

काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो ।
सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय अन्तर्राष्ट्रिय सुपर लिग अन्तर्गतकाे खेल हुनेछ । उक्त भ्रमणमा तीनवटा टेष्ट खेल, तीन ओडिआई र एउटा टी-२० खेल हुनेछ । खेलहरु कराँची, रावलपिन्डी र लाहाेरमा हुनेछ ।































