एमाले पार्टी कार्यालयमा सेताे कुलालकाे शव भेटियो
वि.सं.२०७८ पुस १३ मंगलवार १४:१०
10.76K
shares
shares

नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । स्राेतकाअनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।
उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।































