यस कारण पक्राउ परे मन्त्री सोडारीका छोरा
वि.सं.२०७८ पुस १९ सोमवार १३:१८
13.77K
shares
shares

सवारी ज्यान मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।
गत २ पुसमा कैलालीको टीकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्।
न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा ११ पुसमा मृत्यु भएको थियो।































