वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

6.15K
shares

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरिएको छ ।नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा ५ सदस्यीय समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । अध्ययन समितिको सदस्यहरुमा ओम गुरुङ क्याप्टेन टिकाराम राई सञ्चारकर्मी, पियुस आनन्द वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट र सहारा न्यौपाने रहेका छन् ।

मन्त्री किरातीका अनुसार गठित समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ ।निगमले अहिले ५० अर्ब रुपैयाँ हाराहारी ऋण बोकेको छ तर व्यवस्थापकीय कमजोरीका कारण नयाँ योजनाहरु ल्याउन सकेको छैन । सोही कारण निगमको आर्थिक अवस्था बिग्रंदै गएको छ । पछिल्लो समय नेपाल एयरलाइन्सले विभिन्न लापरबाहीका घट्ना समेत बढी रहेको सन्दर्भमा मन्त्रालयले अध्ययन समिति गठन गरेको हो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083