मिटरव्याज पीडितका माग समेट्न वार्ता समिति गठन

5.92K
shares

काठमाडौं। शुक्रबार गृह मन्त्रालयले मिटरव्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

अघिल्लो हप्ता नै सरकारले मिटरव्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ुमिटरव्याज तथा ठगीविरुद्ध किसान(मजदुर संघर्ष समितिु नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उहाँहरूका मागलाई समेत समेट्नेगरी वार्ता समिति बनेको हो।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी,कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य हुनुहुन्छ। गृहमन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव हुनुहुन्छ।

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई अविलम्ब सम्बोधन गर्न निर्देशन दिनुभएको र समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083