सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन: मन्त्री मोदी

6.44K
shares
उदयपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् । थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म केवल सत्ता प्राप्तिका लागि भएको भन्दै उनले भने, “सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन ।” मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको बताए । जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसक्ने पनि उनको भनाई थियो ।
मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेहरुले अहिले राजाको पक्षमा वकालत गरिरहेको बताउँदै उनले भने, “केही राजनीतिक दल, पश्चामी तत्व एकात्मक शासन चाहिन्छ, समानुपातिक समावेशिता हटाउनुपर्छ भनेर हिडिरहेका छन्, उनीहरुको त्यो सपना अब पूरा हुने छैन ।” मन्त्री मोदीले उत्पीडित जातिको अधिकारलाई कुण्ठित गर्न खोज्ने दुष्प्रयासलाई सबैले विफल पार्नुपर्ने समेत बताए ।
लोकतन्त्र नै सबैभन्दा उन्नत व्यवस्था भएको बताउँदै उनले भने, “वडादेखि केन्द्रसम्मका सबै जनप्रतिनिधि जनताले छान्न पाउने लोकतन्त्र जतिको उन्नत व्यवस्था अरु हुनै सक्दैन ।”

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083